बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महिलाहरुको गुनासो– उपप्रमुखमा मात्रै महिला भन्ने संविधानमा लेखिएको छैन

आइतबार, ३१ वैशाख २०७४, १६ : ४२
आइतबार, ३१ वैशाख २०७४
राधिका भुसाल प्यूठान, बैशाख ३१– घर व्यवहारसँगै पारिवारिक वातावरण मिलाएर पुरुषहरुलाई नेतृत्वदायी बनाउने महिलाले नै आफूले नेतृत्व नपाएको गुनासो गरेका छन । खलंगामा आइतबार भएको अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन् । ‘स्थानीय तहको निर्णायक पदमा महिला सहभागिता र शान्तिपूर्ण निर्वाचन विषयक अन्तरक्रियामा सहभागि महिला नेतृहरुले आफ्नो क्षमता हुँदा हुँदै पनि पार्टीले नेतृत्व नदिएको गुनासो गरे । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्यूठान जिल्लाका नगरपालिका मेयर र गाउँपालिका अध्यक्ष पदका लागि महिलाहरुले दावी गरेता पनि पार्टीले चर्चामा नल्याएको उनीहरुको भनाई छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमालेबाट प्यूठान नगरपालिका मेयरमा दाबेदार शान्ता आचार्यले नेपाली राजनीतिमा भएका हरेक आन्दोलनहरुबाट संघर्ष गर्दै थुप्रै सफलता हासिल गर्न सफल भएको बताइन् । ‘उपप्रमुख वा उपाध्यक्षमा मात्र महिला भनेर कुनै संविधानमा लेखिएको छैन’ नेतृ आचार्यले भनिन्, ‘जुन ठाउँमा महिलाले चाहेकै छैन, त्यही ठाउँ देखाएर झुक्याउने गरिएको छ ।’ ‘महिलाको संगठन कमजोर हुनु भनेको पार्टी कमजोर हुनु हो, त्यसकारण सबै पार्टीले महिलाको क्षमतालाई आत्मसाथ गर्दै नेतृत्व दिनुपर्छ ।’–उनले भनिन् । जबसम्म महिलाहरु नेतृत्वमा जाँदैनन् तबसम्म कुनै पनि महिलाको नेतृत्व सुरक्षित नहुने उनको भनाइ छ । कार्यक्रममा सहभागी महिला नेतृ सुन्दरा केसीले पार्टीहरुको समकिरणले महिलालाई छुट्याइको स्थानसमेत असुरक्षित भएको बताइन् । ‘राष्ट्रपति, सभामुख भएर देश हाक्ने महिला नै छन्’, केसीले भनिन्, ‘प्यूठानमा जिल्ला हाक्न महिला असक्षम छन् भन्दै पन्छाउन खोज्नु गलत हो ।’ विभिन्न राजनैतिक आन्दोलनहरु सफल हुनुको पछाडि महिलाको ठूलो भुमिका रहेको हुँदा यो स्थानीय तहको निर्वाचनमा पनि महिलालाई निर्णायक पदको जिम्मेवारी दिएर जिल्लाको विकास निर्माणमा खेल्ने भूमिका हुनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै भुवन भट्टले भने–‘जहाँ नारीको इज्जत गरिदैन त्यहाँ अथार्त त्यो घरमा कहिल्यै शान्ति र समृद्धि हुदैन’ पार्टी पनि राजनीतिको एउटा घर भएका कारण नारीलाई इज्जत र सम्मानजक ठाउँमा राख्नुपर्छ ।’ महिला सहयोग मञ्च प्यूठान र मानव अधिकार संरक्षण तथा कानुनी केवा केन्द्र (हरप्लेस) प्युठानको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशन प्यूठानका अध्यक्ष डा. शिवराज पण्डित, गै.स.स. का अध्यक्ष रमेश कुमार श्रेष्ठ, महिला नेतृ धनलक्ष्मी श्रेष्ठ, भगवती विष्ट, राधा अधिकारी, सरिता जिसी लगायतले स्थानीय तहको निर्वाचनमा आफुहरुले आफ्नो क्षमता अनुसारको जिम्मेवारी पाउनु पर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप