राष्ट्रपतिबाट वनस्पति उद्यानमा वृक्षरोपण
शीतलप्रसाद महतो
श्रीलङ्का, ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गरेकी छिन् ।
विविध प्रकारका वनस्पति रहेको उक्त उद्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा रोपेकी हुन् । सो अवसरमा उनले उद्यानको अवलोकन पनि गरिन् ।
राष्ट्रपति भण्डारीले त्यहाँस्थित अर्किड गार्डेनमा राखिएको आगुन्तक पुस्तिकामा हस्ताक्षर गरिन् । उनले दुईवटा बिरुवाको नामकरण पनि गरेकी थिइन् ।
[caption id="attachment_144327" align="alignleft" width="840"] /fi6«klt e08f/L ;f+:s[lts sfo{qmddf /fi6«klt ljBfb]jL e08f/L cfˆgf] ;Ddfgdf zlgaf/ ;fFem >Lnªsf ;/sf/åf/f sf]nDaf]l:yt g]nd kf]s'gf y]6/df cfof]hgf ul/Psf] ;f+:s[lts sfo{qmddf :jfut ub}{ >Lnªsfsf /fi6«klt d}qLkfnf l;l/;]gf . tl:a/ M zLtnk|;fb dxtf], >Lnªsf -sf]nDaf]_, /f;;[/caption]कोलम्बोबाट राष्ट्रपति भण्डारी श्रीलङ्काको वायु सेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आइपुगेकी हुन् ।
यस उद्यानमा नेपालका तत्कालीन राजा महेन्द्र शाह र वीरेन्द्र शाहले रोपेको बिरुवाहरु पनि छन् । राष्ट्रपति भण्डारीका साथ भ्रमणदलमा रहनुभएका सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई पनि थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण