बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

डोल्पामा ८५ प्रतिशत मत खस्यो, भोट हाल्न पाउँदा डोल्पाली उत्साहित

आइतबार, ३१ वैशाख २०७४, १६ : ४९
आइतबार, ३१ वैशाख २०७४
डोल्पा, बैशाख ३१– हिमाली जिल्ला डोल्पामा अहिलेसम्म ८५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यलय डोल्पाले जनाएको छ । अझै १५ प्रतिशत मत खस्न बाँकी रहेको कार्यलयको भनाई छ । कार्यालयका अनुसार विहान सात बजे देखिनै सुरु भएको डोल्पाका ५६ वटै मतदान केन्द्रहरु मध्ये ५४ वटा मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट मतदान भएका छ भने उपल्लो डोल्पाको छार्का ताङसोङ गाँउपालिका अन्तर्गतका भेराङ र कागकोट मततदान केन्द्र अझै फोन सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । डोल्पामा जम्मा १६७०३ मतदाता मध्ये शे–फोक्सुन्डो गाउँपालिकामा सबै पदाधिकारीहरु सबै निर्विरोध निर्वाचित भएपछि १४६६ मतदाता घटेका थिए । अहिले १५२३७ मतदाताले मतदान गरि रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । झन्डै दुई दशक पछि भएको स्थानीय तहको निर्वाचनमा डोल्पालीहरु उत्साहपूर्णमा सहभागिता जनाएका थिए । ‘हाम्रो भन्दा पनि राम्रो प्रतिनिधि छान्न मतदान गरेको छौ,हामी दुर्गमका महिलाहरुको थुप्रै समस्याहरु छन्,’ त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय महिला यमुना उपाध्यायले भनिन्, ‘त्यस्ता समस्याहरु तथा संविधान प्रद्दत हकहितका लागि सम्बन्धित निकायमा पहल गर्न महिला प्रतिनिधिहरुलाइ अनुरोध समेत गरेका छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप