मतदान गर्ने समय सकियो, छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण
काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो ।
पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्यो भन्ने आइसकेको छैन ।
यसैवीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय निर्वाचन उत्सवका रुपमा सम्पन्न भएको प्रतिकृया दिएका छन् । उनले केही मतदान केन्द्रमा बाहेक निर्वाचन शान्तिपुर्ण र ऐतिहासिक पर्वका रुपमा सम्पन्न भएको भन्दै स्थानीय निर्वाचन सवैका लागि उत्सव बनेको बताए । निर्वाचन आयोगले विहान ७ वजेबाट बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।
आईतबार ३ प्रदेशका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिकामा प्रतिनिधि, नगरप्रमुख र वडाअध्यक्ष गरी २ सय ८३ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भएको हो । पहिलो चरणमा मतदान भएका स्थानमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता रहेका थिए भने उनीहरुले १३ हजार ५ सय ५६ जना जना प्रतिनिधि निर्वाचित गर्दैछन् ।
पहिलो चरणमा निर्वाचन भएका प्रदेश : ३,४ र ६ जिल्ला : ३४ चुनाव भएका गाउपालिका र नगरपालिका : २८३ (निर्विरोध २ सहित) महानगरपालिका : ४ उपमहानगरपालिका : १ नगरपालिका : ९२ गाउँपालिका : १८६ तीन प्रदेशका मतदाता : ४९,५६,९२५ मतदान केन्द्र : ६,६४२ कुल उम्मेदवार : ४९,३३७ (पुरुष ः३०,००५,महलिा ः १९३३२)
क–कसले कहाँबाट गरे मतदान ?
–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं. ४ स्थित लक्ष्मी मावि लंकूको मतदान केन्द्र ‘ख’बाट मतदान गरे ।
–एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान स्थलबाट मत हालेका छन् ।
–स्वास्थ्यमन्त्री गगनकुमार थापाले १० बजे मैतिदेवी मतदान केन्द्रबाट मतदान गरे ।
–एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले डिल्लीबजार कन्या क्याम्पस केन्द्रबाट मतदान गरेका छन् ।
–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबारक्षेत्रमा रहेको विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन् ।
–राप्रपा अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका वडानम्बर ५ को मतदान केन्द्रबाट मतदान गरेपछि हर्ष र गौरवको अनुभूति गरेको बताए ।
–महानगरको मेयरका उम्मेदवार पवित्रा बज्राचार्य,रन्जु दर्शना, विद्यारत्न शाक्य, राजुराज जोशी लगायत अन्य उम्मेदवारले पनि पनि मतदान गरे ।
–माओवादी केन्द्रका नेता देव गुरुङले मनाङको नानसोन गाउँपालिका ४ ओडारगाउँस्थित सरस्वती स्कुलबाट मतदान गरेका छन् ।
– कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेका छन् ।
–एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौको टोखा नगरपालिका ६ स्थित स्काईलार्क स्कुल धापासीबाट मतदान गरेका छन् ।
–नायिका रेखा थापाले काठमाडौंबाट मतदान गरेकी छन्
–पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सूर्यज्योती मावि मेहलकुना केन्द्रबाट मतदान गरेका छन् ।
–धादिङको भ्याली गाउँपालिकाको मुकाराप उमावि केन्द्रमा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङद्वारा मतदान ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण