आयोगले भन्यो– दोलखामा एक मारिए, काभ्रेको एक मतदान केन्द्रमा निर्वाचन हुन सकेन
आइतबार, ३१ वैशाख २०७४, १८ : ००
काठमाडौं, वैशाख ३१– निर्वाचन आयोगले आइतबार भएको ३४ जिल्लाको स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा मात्रै निर्वाचन हुन नसकेको जनाएको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गतको एउटा मतदान केन्द्रमा मतदान कार्य शुरु हुन नसकेको आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
यस्तै, दोलखाको मेलुङ नगरपालिका १ स्थित सत्येश्वर मावि मतदान केन्द्रमा प्रहरीको लागेर एक जनाको मृत्यु भएको छ । एक्कासी एक हुल मानिस आएपछि प्रहरीले मतपत्र र मतपेटिका र मतदान केन्द्रको सुरक्षार्थ गोली चलाउँदा एक जनाको निधन भएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार २ सय ८१ स्थानीय तहमा भएको निर्वाचनमा ५० देखि ७५ प्रतिशत मतदान भएको छ । मिडिया सेन्टरमा साढे ६ बजे विशेष पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले निर्वाचनको मतदानको विवरण सार्वजनिक गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण