बेल कहिले फर्किने यकिन छैन : जिदान
आइतबार, ३१ वैशाख २०७४, १७ : २१
एजेन्सी
म्याड्रिड, वैशाख ३१ – रियल म्याड्रिडले गेराथ बेल कहिले मैदानमा फर्किने यकिन नभएको बताएको छ ।
आगामी तीन हप्तामा च्याम्पियन्स लिगको फाइनल उनको गृह सहर कार्डिफमा हुँदैछ ।
२७ वर्षीय वेल्स खेलाडीले गत अप्रिल २३ मा बार्सिलोनाविरुद्ध घाइते भएपछि कुनै पनि खेल खेलेका छैनन् ।
ला लिगाको उपाधि होडमा रहेको रियलले युरोपियन फाइनलमा जुन ३ मा युभेन्टसको सामना गर्दैछ ।
‘अहिले उनी हामीसँग छैनन् । हामीलाई यो पनि थाहा छैन उनी कहिले फर्कने छन् । तर, आशा गर्छु उनी छिट्टै मैदानमा फर्कने छन्,’ रियलका प्रशिक्षक जिनेदिन जिदानले भने ।
लिगका अन्तिम तीन खेलमा रियलले आज सेभियाको सामना गर्दैछ ।
समान अंक भएपनि बार्सिलोनाभन्दा पछि दोस्रो स्थानमा रहेको रियलले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण