पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द
सोमबार, ०१ जेठ २०७४, ०८ : ०७
बेनी म्याग्दी - पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् ।
पानीको अभावमा जिल्लाका मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाउँमा सञ्चालित २५ वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित २५ परिवारलाई जीविकोपार्जनमा समस्या परेको छ ।
बर्सेनि मुहानमा पानी सुक्दै जान थालेपछि ३० वर्षदेखि तोरी पेल्ने र अन्न कुटानी पिसानी गर्दै आएको बरङ्जाको अर्जेखोलामा सञ्चालित पानीमिल बन्द गर्नुपरेको सञ्चालक डिलबहादुर श्रीसले बताए ।
“अझै केही वर्ष यस्तै तवरले मौसम परिवर्तन हुने र खडेरी पर्ने हो भने पानीमिल व्यवसाय नै विस्थापित हुन सक्छ” उनले निरास हुँदै भने, सो मिलमा तोरीसहित दैनिक १५÷१६ मुरी धान, गहुँ, मकै, कोदो आदि अन्न कुटानी पिसानी हुने गर्दथ्यो ।
पानीमिलमा कुटानी पिसानी गरेको अन्न खानका लागि स्वादिलो, स्वास्थ्यवद्र्धक र लामो समयसम्म भण्डारण गरेर राख्न सकिने बरङ्जा दुर्दीका मनलाल खत्रीले बताए ।
“घट्टभन्दा धेरै छिटो कुटानी पिसानी गर्न सकिन्छ, लामो समयसम्म भण्डारण गरेर उपभोग गर्दा पनि किरा लाग्दैन” खत्रीले पानीमिलको फाइदाबारे वर्णन गर्दै भन्नुभयो “खाँदा पनि स्वादिलो हुन्छ ।”
तर अहिले मिल बन्द हुँदा ग्रामीण क्षेत्रका बासिन्दा चिन्तित भएका स्थानीय शिक्षक कृष्णप्रसाद सापकोटाले बताए । डिजलमिलको तुलनामा पानीमिल करिब पाँच गुणा सस्तो हुने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने सर्वसाधारणको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण