बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

शुरु हुन थाल्यो विजय उत्सव (फोटोफिचर)

सोमबार, ०१ जेठ २०७४, १२ : ५१
सोमबार, ०१ जेठ २०७४

विजु महर्जन

ललितपुर, जेठ १ – वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणामहरु आउन शुरु भएको छ ।

मत परिणाम आउने क्रमसँगै विजयी उत्सव पनि शुरु भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएपछि उनले विजय उत्सव गरेका हुन् । कांग्रेसका निर्मल तण्डुकार अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै वडा सदस्यहरु कांग्रेसका सुशिाला सिंजापति, कृष्ण महर्जन हरिहर तण्डुकारले क्रमशः ६२९, ५९४ ६४६ मत ल्याएका छन् । १ नं वडामा नयाँ शक्तिबाट विना कुमारी पोडे निर्विरोध निर्वाचित भएकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप