आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४, ०९ : ३३
बुधबार, ०३ जेठ २०७४
पोखरा-कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेका नवराज ओझा चार हजार २१२ मत ल्याई विजयी भएका छन् । उन्का निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी लाल सुब्वा गुरुङ तीनहजार ९९५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी जी माया गुरुङले तीन हजार ४५६ मत ल्याए । सो गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ मा पूरै प्यानलसहित नेकपा ९एमाले०का वडाध्यक्ष क्रमशः रामजी अधिकारी, मुकुन्द वंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ विजयी भएका छन् । त्यस्तै, वडा नं १, २ र ७ मा नेपाली काँग्रेसका पूरै प्यानलसहित वडाध्यक्षहरु दीपक आलेमगर, हरिकृष्ण ओझा र दयासागर सुवेदी विजयी भए । सात वडा भएको सो गाउँपालिकामा ११ हजार ३१५ मतदाता भएकोमा आठ हजार २६४ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप