आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

डोल्पाको त्रिपुरा सुन्दरी नगरापलिकाको प्रमुखमा एमाले

बुधबार, ०३ जेठ २०७४, ०९ : ३७
बुधबार, ०३ जेठ २०७४
डोल्पा - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । विजयी हुनेमा प्रमुखका उम्मेदवार ओमबहादुर बुढाले एक हजार ६०९ मत ल्याएर विजय हुनुभएको छ भने उपप्रमुखमा चन्द्राकुमारी बुढाले एक हजार ८४५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट प्रमुखका उम्मेदबार दिलबहादुर विष्टले एक हजार ५९१ मत ल्याए । काँग्रेसका उम्मेदवार विष्टभन्दा एमालेका उम्मेदवार बुढा १८ मत मात्रै बढी ल्याएर विजयी भए । त्यस्तै, प्रमुखका माओवादीका उम्मेदवार रामलाल विकले ८३७ मत ल्याए । त्यस्तै, काँग्रेसबाट उपप्रमुखका उम्मेदवार बुद्धाकुमारी शाहीले एक हजार ६४ मत ल्याएर पराजय हुनुभयो । माओवादीबाट उपप्रमुखका उम्मेदवार काली चलाउनेले ९५५ मत प्राप्त गरे । उक्त नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार कमसिंह थापा २८३ मतसहित काँग्रेसको प्यानलनै विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप