नुवाकोटको ३६ वडाको मतगणना परिणाम यस्तो छ
बुधबार, ०३ जेठ २०७४, ०९ : ४१
त्रिशूली नुवाकोट - स्थानीय तह निर्वाचनमा नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक भएको छ जसमा नेपाली काँग्रेसका उम्मेदबार १६ वटा वडामा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा एमाले १३ वटा वडामा निर्वाचित भएको छ भने नेकपा माओवादी केन्द्रले सात वडामा वडाअध्यक्ष विजयी भएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा तादी गापा–१ वडा अध्यक्षमा नकुरदोङ तामाङ, तादी–४ मा मुक्तबहादुर श्रेष्ठ, किस्पाङ–२ मा देवनाथ भट्ट, किस्पाङ–३ मा अमृतबहादुर तामाङ, किस्पाङ–५ मा नरहरि भट्ट, तारकेश्वर–६ मा ज्ञानेन्द्र लामा, दुप्चेश्वर–१ मा सुनबहादुर तामाङ, दुप्चेश्वर–३ मा धु्रवकर केसी, दुप्चेश्वर–४ इरमान तामाङ, मेघाङ–२ मा रुपबहादुर तामाङ, विदुर नपा–२ मा वीरेन्द्रकुमार शाही, विदुर–३ मा बद्री रिमाल, लिखु–१ मा नरहरी पाण्डे, सूर्यगढी–२ मा वासुदेव अधिकारी, शिवपुरी– १ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा रुद्रबहादुर गुरुङ विजयी भएका छन् ।
नेकपा ९एमाले०को तर्फबाट वडा अध्यक्षहरुमा विदुर नपा–१ मा लेनिन रन्जित, विदुर–४ मा टलकमान श्रेष्ठ, तारकेश्वर–५ मा चूडामणि गजुरेल, तारकेश्वर–४ मा राममणि अधिकारी, दुप्चेश्वर–५ मा सन्तबहादुर तामाङ, तादी–३ मा मनोज उप्रेती, बेलकोटगढी नपा–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेश न्यौपाने, ककनी–१ मा चन्द्रबहादुर बलामी, मेघाङ–१ मा दलसिंह तामाङ, किस्पाङ–४ एकराज घले, लिखु–२ को भीमबहादुर घले, पञ्चकन्या–२ मा धु्रवप्रसाद मिश्र विजयी भए ।
नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षहरुमा तादी–२ मा बच्चुराम तामाङ, किस्पाङ–१ मा आइत घले, दुप्चेश्वर–२ मा दाबा तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, बेलकोटगढी नपा–३ मा जनक घिमिरे, बेलकोटगढी–४ मा चन्द्रबहादुर लामा, तादी–५ मा विष्णु अधिकारी विजयी भए । नुवाकोटमा १२ वटा स्थानीय तहमा ८८ वटा वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण