आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोटको किस्पाङको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस बिजयी

बुधबार, ०३ जेठ २०७४, ०९ : ५८
बुधबार, ०३ जेठ २०७४
नुवाकोट - नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाभित्र रहेका पाँचवटा वडाबाट प्राप्त मतको आधारमा काँग्रेस उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्षमा र मायादेवी न्यौपाने २,३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार वीरबल तामाङ १६६५ मत र उपाध्यक्षमा मेन्चुङ लामा ९तामाङ० १८३४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए । वडाध्यक्षमा किस्पाङ–१ नं बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइत घले, २ नं बाट नेपाली काँग्रेसका देवनाथ भट्ट, ३ नं बाट नेपाली काँग्रेसका अमृतबहादुर तामाङ, ४ नं बाट नेकपा ९एमाले०का एकराज घले र ५ नं बाट काँग्रेसका नरहरि भट्ट निर्वाचित भए । नुवाकोटमा कायम रहेका ८८ मध्ये ३८ वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप