ओलीले भने-'दासढुंगा घटनाको अनुसन्धान हुन्छ'
बुधबार, ०३ जेठ २०७४, १० : ०४
काठमाडौं, जेठ ३ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय हत्या प्रकरणको अनुसन्धान गरिने बताएका छन् ।
२४ औं मदन आश्रित स्मृति सभालाई पुरानो पार्टी कार्यालय, मदननगर बल्खुमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले मदन भण्डारी र आश्रितको षड्यन्त्रपूर्वक ढंगले हत्या गरिएको आरोप लगाए ।
ओलीले भने,
-मदन आश्रित हत्या प्रकरणको छानबिन गर्न तत्कालिन कांग्रेस सरकारसँग एमालेले माग गर्दा एमालेमाथि नै सरकारले दमन गरेको थियो ।
-सरकराको दमनबाट २२ जना एमाले कार्यकर्ताको ज्यान समेत गयो ।
-सो समयमा सरकारले छानबिन आयोगलाई निष्पक्ष रुपमा काम गर्न दिएन र दसी प्रमाणहरु समेत हटायो ।
-मदन आश्रित चढेको गाडीका चालक अमर लामाई सरकारले सुरुमा ठूलो प्रोटेक्सन गर्यो । र पछि घटनाको रहस्य खुल्ने डरले लामाको पनि हत्या गरियो ।
निर्वाचनको प्रशंगमा ओलीले भने,
-नेकपा एमाले अग्रस्थानमा छ र अधिकांश स्थानमा विजयी हुन्छ ।
-कांग्रेसले गुण्डागर्दी शैली अपनायो तर उसले सोचेजस्तो परिणाम उसको पक्षमा आएन ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंग्ाामा दुर्घटनामा परी निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण