ललितपुर महानगरमा काँग्रेसको अग्रता
बुधबार, ०३ जेठ २०७४, १० : ०२
काठमाडौँ - ललितपुर महानगरपालिकाका वडा नं १ देखि ७ सम्मको मतगणना सकिँदा आज विहान ९ बजे सम्म प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ ।
पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदमा काँग्रेसका चिरिबाबु महर्जनले छ हजार ८४, नेकपा ९एमाले० का हरिकृष्ण ब्यन्जनकारले पाँच हजार ७७९, साझा पार्टीका रमेश महर्जनले तीन हजार ४५९, नेकपा माओवादी केन्द्र का दिनेश महर्जनले एक हजार ३५२, नयाँशक्ति र सङ्घीय समाजवादी फोरमका संयुक्त उम्मेदवार मदन महर्जनले २८ मत प्राप्त गर्नुभएको महानगरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।
उपप्रमुखमा काँग्रेसकी गीता सत्यालले चार हजार ६४७, साझा पार्टीकी शोभा शाक्यले तीन हजार ४७५, एमाले राप्रपा गठबन्धनका राप्रपा उम्मेदबार बाबुकाजी थापाले दुई हजार ३१७ र नेकपा माओवादी केन्द्रकी हसिना शाक्यले एक हजार ९८५ मत पाए ।
ललितपुर महानगरमा वडा नं ७ सम्मको मतगणना सकिएको छ । आज बिहानैदेखि वडा नम्बर ८ र ९ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण