आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

उकालो लाग्यो सुनको भाउ, तोलाको ५३ हजार ७ सय

बुधबार, ०३ जेठ २०७४, ११ : ०५
बुधबार, ०३ जेठ २०७४

काठमाडौं, जेठ ३–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लागेको छ । अघिल्लो साता निरन्तर घटेको र पछिल्लो साता स्थिर रहेको सुनको भाउ यो साता भने उकालो लागेको हो ।

आज नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढेको छ । हिजो ५३ हजार ५ सय रहेको सुनको भाउ आज ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय वजारमा पनि सुनको भाउमा वृद्धि हुदै गएकाले नेपाली बजारमा पनि भाउ वढेको जनाइएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप