आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोटको बेलकोटगढीमा माओवादीको फराकिलो अग्रता

बुधबार, ०३ जेठ २०७४, ११ : २२
बुधबार, ०३ जेठ २०७४

नुवाकोट, जेठ ३–नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रले फराकिलो अग्रता लिएको छ ।

वडा नम्बर १ देखि ४ सम्मको मतगणना सम्पन्न हुँदा मेयरमा माओवादीका जगतबहादुर तामाङ २ हजार ८ सय ७४ मतका साथ अग्रस्थानमा छन् । उनलाई काँग्रेसका यादव नेपालले पछ्याइरहेका छन् । नेपालको १ हजार ९ सय ४६ मत छ । तेश्रो स्थानमा रहेका एमालेका राजेन्द्ररमण खनालले १ हजार ७ सय ७७ मत पाएका छन् ।

उपमेयरमा पनि माओवादी केन्द्रकी उम्मेदवार कविता ढुंगाला अगाडि छिन् । उनले २ हजार ६ सय ८२ मत ल्याएकी छन् । ढुंगानालाई एमालेकी रुपा सापकोटाले पछ्याइरहेकी छन् । उनको २ हजार ५३ मत छ ।

यस्तै उपमेयरमा काँग्रेस उम्मेदवार हिरा तिवारी १ हजार ६ सय ६१ मतसहित तेश्रो स्थानमा छिन् । ४ वटा वडाको मतपरिणाम आउँदा एमालेले १ र २ तथा माओवादी केन्द्रले ३ र ४ नम्बर वडामा जित हात पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप