आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

लमजुङको मध्यनेपाल प्रमुखमा काँग्रेसका पाण्डे, उपप्रमुखमा एमालेका श्रेष्ठ निर्वाचित

बुधबार, ०३ जेठ २०७४, ११ : ४०
बुधबार, ०३ जेठ २०७४

लमजुङ, ३ जेठ । लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।

नेकपा ९माओवादी केन्द्र०का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पारेका हुन् । पौडेलले चार हजार ५४७ मत ल्याएका थिए ।

यसैगरी उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीता शाहीलाई २३४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले पाँच हजार ५६६ र शाहीले पाँच हजार ३३२ मत ल्याएका छन् । प्रमुखमा निर्वाचित पाण्डे नेपाली काँग्रेसको महासमिति सदस्य एम्व तरुण दल लमजुङको अध्यक्ष हुन् । उपप्रमुखमा निर्वाचित श्रेष्ठ एमालेको सचिवालय सदस्य हुन् ।

मध्यनेपाल नगरपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका चन्द्रमणि पौडेल, वडा नं–२ को अध्यक्षमा काँग्रेसका पदमबहादुर थापा, वडा नं– ३ को अध्यक्षमा एमालेका नेत्रबहादुर बस्नेत, वडा नं– ४ को अध्यक्षमा एमालेका निर्मल गौतम, वडा नं– ५ को अध्यक्षमा काँग्रेसका बालकुमार जोशी निर्वाचित भएका छन् ।

यस्तै वडा नं– ६ को अध्यक्षमा माओवादी केन्द्रका विष्णुभक्त पौडेल, वडा नं– ७ को अध्यक्षमा काँग्रेसका गगन घिमिरे, वडा नं ८ को अध्यक्षमा एमालेका अमृत तामाङ, वडा नं ९ अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर र वडा नं १० को अध्यक्षमा काँग्रेसका रामचन्द्र भण्डारी निवाचित भएका छन्। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप