आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

वडा नं ३ र ४ जीतसँगै वाग्मती गाउँपालिकामा काँग्रेसको अग्रता

बुधबार, ०३ जेठ २०७४, ११ : ४४
बुधबार, ०३ जेठ २०७४

ललितपुर, ३ जेठ । वाग्मती गाउँपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसका वडा अध्यक्ष समूहसहित विजयी भउका छन् ।

वडा नम्बर ३ मा विष्णुप्रसाद तिमलिल्सनाले ६२४ मत ल्याई विजयी हुनुभएको छ । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका डिल्लीप्रसाद बजगार्इँले ३६४ मत पाए । काँग्रेसका तर्फबाट निर्वाचित खुल्ला वडा सदस्यहरुमा गोविन्द दाहाल, नवराज खड्का, महिलामा सानुमाया तामाङ र दलित महिलामा सुशीला सुनार छन्।

यसैगरी वडा नं ४ मा काँग्रेसका नारायण घले ७०० मत ल्याई वडा अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका राजकुमार लामाले ३६९ मत पाउनुभयो । काँग्रेसका तर्फबाट निर्वाचित खुल्ला वडा सदस्यमा राजकुमार लामा, राजकुमार बजगाईँ, महिलामा फूलमाया जिम्बा र दलित महिलामा मीनाकुमार विक छन्।

गाउँपालिकाको वडा नं– १ र २ मा पनि नेपाली काँग्रेसले नै विजयी प्राप्त गरिसकेको छ । अध्यक्षमा काँग्रेसका वीरबहादुर लोप्चनले दुई हजार ३८४, उपाध्यक्षमा रञ्जना घिमिरेले दुई हजार ४५२ मत ल्याई अग्रस्थानमा छन् ।

यसैगरी अध्यक्षमा एमालेका दुर्गाप्रसाद घिमिरेले एक हजार १४२, उपाध्यक्षमा डोलकुमार सिन्ताङले एक हजार १७१ मतका साथ पछ्याइरहेको निर्वाचन अधिकृत रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष उम्मेदवार राजु आलेमगरले ८२६ र उपाध्यक्ष कमला थापामगरले ६५७ मत पाएका छन् । गाउँपालिकाको वडा नं ५ को मत गणना अन्तिम चरणमा पुगेको छ भने वडा नं– ६ र ७ को मत गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप