टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
सारांश
- प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार काठमाडौँको टेकुबाट ३ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
- प्रहरीले गोली प्रहार गर्दा भारतका राज सोनी घाइते भएका छन्, जसको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
- नियन्त्रणमा लिइएकाबाट २४ हजार ७ सय क्याप्सुल नशा दिने पदार्थ टपेन्डाडोल बरामद गरिएको छ ।
काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूराेको टोलीले आइतबार गोली प्रहार गरेर काठमाडौँको टेकुबाट ३ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
ब्यूरोबाट खटिएका प्रहरीले प्रहार गरेको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् । घाइते हुनेमा उत्तर प्रदेश स्थित रुपडिया घर भएका २५ वर्षीय राज सोनी छन् । उनको दायाँ खुट्टाको घुँडामाथि र घुँडामुनी दुई राउण्ड गोली लागेको लागुऔषध नियन्त्रण ब्यूराेका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
उनी आइतबार नै भारतबाट लागुऔषध लिएर नेपाल आइपुगेका हुन् । सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले थप दुई जना नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज स्थित परेशपुर घर भएका १९ वर्षीय निखिल सोनी र सुर्खेतको पञ्चपुरी बावियाचौर गाउँपालिका–५ भर भएकी १९ वर्षीया शोफिया मगर छिन् । उनीहरू दुवै जना भारतीय नागरिकका सहयोगी हुन् ।
आरोपीहरूको साथबाट २४ हजार ७ सय क्याप्सुल नशा दिने पदार्थ टपेन्डाडोल बरामद गरिएको एसएसपी बोहराले बताए । भारतीय राज सोनी काठमाडौँ उपत्यकामा लागुऔषध ल्याउने मुख्य कारोबारी मध्येका एक जना रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–१२ टेकु स्थित दोभान पुल नजिकै जम्काभेट भएपछि लागुऔषध कारोबारीहरूले आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।
भारतीय कारोबारीले प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि सुरुमा हवाई फायर गरेर रोकिन अनुरोध गरेको एसएसपी बोहराले बताए । उनले भने, ‘हवाई फायर गर्दा नरोकिएपछि थप कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।’
प्रहरीले राज सोनाीको दायाँ खुट्टाको घुँडामा १ राउण्ड र घुँडामुनी १ राउण्ड सहित दुई राउण्ड गोली प्रहार गरेको छ । कारोबारीहरूमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण