सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

धादिङमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द

आइतबार, ०३ साउन २०८३, १९ : ०९
आइतबार, ०३ साउन २०८३

सारांश

  • धादिङ जिल्ला प्रशासन कार्यालयले सम्भावित बाढी, पहिरो र सडक अवरोधको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
  • जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धादिङ लगायतका जिल्लामा रातिको समयमा सवारी आवागमन उच्च जोखिमयुक्त हुने जानकारी दिएको थियो।
  • यद्यपि, एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।

धादिङ । सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति जिल्लाभित्र चल्ने तथा जिल्ला भएर आवतजावत गर्ने अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागले साउन ३ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चितवन, गोरखा, धादिङ, नुवाकोटलगायत जिल्लामा रातिको समयमा सवारी आवागमन उच्च जोखिमयुक्त हुने जानकारी गराएको थियो।

सोही जोखिमलाई ध्यानमा राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज राति १० बजेदेखि भाेलि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

यद्यपि एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन भने सञ्चालन गर्न पाइने जारी सूचनामा उल्लेख छ।

750903406_1679623693728760_442644477608259224_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप