गोसाइँकुण्डमा मनाङ एयरको हेलिकप्टर दुर्घटना
शनिबार, २७ जेठ २०७४, १० : ३०
रसुवा, जेठ २७– गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको छ । छ जना यात्रु बोकेको कल साइन ९ एन एलडी बी ३ ई को उक्त हेलिकप्टर अवतरणका क्रममा गोसाइँकुण्डको हेलिप्याडमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट हेलिकप्टरमा सामान्य क्षति भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी फडिन्द्र प्रसाईँले रातोपाटीलाई जानकारी दिए । यद्यपी यात्रु भने सकुशल रहेको उनले बताए ।
हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड जाँदै गरेको समेत उनले बताए ।
डिएसपी प्रसाईँका अनुसार दुर्घटनास्थल पुग्न धुन्चेबाट १ दिनको पैदल दूरीमा रहेको छ भने सञ्चार सुविधाको पहुँच समेत राम्रो छैन । उनले घटनाको खबरलगत्तै धुन्चेबाट प्रहरी टोली त्यसतर्फ पठाइएको जानकारी दिए । हेलिकप्टर चालक प्रकाश सेढाईले उँडाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण