हेलिकोप्टर दुर्घटनाः ब्लेडले गर्धन काटिँदा इन्जिनियरको मृत्यु, दुई पाइलट घाइते
एजेन्सी
जेठ २७ – तीर्थयात्री लिएर जाँदै गरेको हेलिकोप्टर शनिबार बिहान बद्रिनाथमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटना हेलिकोप्टर टेक–अफ गरेपछि भएको थियो । ब्लेडले गर्धन काटिएपटि एक क्रु मेम्बर (इन्जिनियर) को मृत्यु भएको छ भने दुई पाइलट घाइते भएका छन् । यद्यपी, पाँचै यात्रु सुरक्षित छन् ।
हेलिकोप्टर बद्रिनाथबाट हरिद्वार जाँदै थियोः
न्यूज एजेन्सीका अनुसार दिल्लीमा डिजिसीए (डाइरेक्टोरेट जनरल अफ सिभिल एविएशन) का अधिकारीले एकजना क्रु मेम्बरको मृत्यु भएको पुष्टि गरेका छन् । दुबै पाइलटलाई सामान्य चोट लागेको छ ।
चमोली सुपरिन्टेन्डेन्ट अफ पुलिस तृप्ति भटले इन्जिनियरको गर्धन ब्लेडले काटिएपछि मृत्यु भएको बताएका छन् ।
हरिद्वार जाँदै थियो हेलिकोप्टरः
डिजिसिए अधिकारीका अनुसार अगस्ता ११९ हेलिकोप्टर मुम्बईको प्राइभेट कम्पनी क्रिस्टल एविएशनको थियो । हेलिकोप्टरले ७ बजेर ४५ मा उडान भरेको थियो । उक्त हेलिकोप्टर बद्रिनाथबाट हरिद्वार जाँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीका लागि अन्तिम नृत्य अझैँ बाँकी छ
-
१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति
-
विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै मुद्दा दायर
-
मन्त्रिपरिषद् बैठकका सात निर्णय : मिटरब्याज पीडितसँग वार्ता गर्न टोली गठनदेखि नयाँ सिक्का निष्कासनसम्म
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
-
सिंहदरबारमा बालेन–लिङ्देन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण