सिरहामा दलहरुलाई उम्मेदवारको टुंगो लगाउन सकस
रामभरोसी यादव
सिरहा, जेठ २७– स्थानीय तहको निर्वाचन निर्वाचनको मिति नजिकिदै गएपनि यहाँका दलहरुलाई उम्मेवदवार छान्न सकस परेको छ । उम्मेदवारी मनोनय दर्ताको लागि अव हप्ता दिनमात्र बाँकी रहँदा पनि दलहरुले उम्मेवार छनोट गर्न सकेका छैनन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम नेपाल लगायतका दलहरुले अझै उम्मेवारी चयन गर्न सकेको छैनन् । नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले धेरैजसो उम्मेद्वारहरु टुङ्गो लागिसकेको भन्दै अबको केहि दिनमा सबै नाम सार्वजनिक हुने बताए । नेकपा माओवादी केन्द्रले जिल्लाका अधिकांश गाउँपालीका तथा नगरहरुको उम्मेवार टुङ्गो लागिसकेको जनाएको छ । स्थानीय माओवादी नेता रामकुमार यादवले पार्टीले धेरैजसो गाउँपालीकाहरुको टुंगो लगाएको भन्दै केही गाउँ ालीका र नगरपालीकाहरुबाँकी पनि आगामी असार १ अघि नै लगाउने बताए । यता, संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादवप्रसाद यादवले भने, ‘अहिले समयपनि छ, हाम्रो गृहकार्य भईरहेको छ, अव चाँडै उम्मेवादर टुङ्गगो लाग्छ, त्यसको लागि हामी चाँडै बैठक बस्दैछौ ।’ मजदुर किसान पार्टीले पनि उम्मेवादर घोषणा गर्न सकेको छैन । पार्टीको २६ गते वस्ने बैठकले उम्मेवार टुङ्गो लगाउने जिल्ला अध्यक्ष विजय साहले जानकारी दिए । उनका अनुसार पार्टीले जिल्लाका पाँच ठाउँबाट उम्मेदवारी दिने भएको छ । नेकपा एमालेले भने धनगढीमाई नगरापलिका र सखुवानन्कारकट्टी गाउँपालिका बाहेक सवै गाउँपालिकाको उम्मेवार तय गरिसकेको छ । सिरहाको सात नगरपालिका र १० गाउँपालीकामा चार सय २६ वटा मदतान केन्द्र तय गरिएको छ भने भने तीन लाख ३१ हजार पाँच सय ९६ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्थालाई सरकारको स्वीकृति
-
मेस्सीका लागि अन्तिम नृत्य अझैँ बाँकी छ
-
१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति
-
विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै मुद्दा दायर
-
मन्त्रिपरिषद् बैठकका सात निर्णय : मिटरब्याज पीडितसँग वार्ता गर्न टोली गठनदेखि नयाँ सिक्का निष्कासनसम्म
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण