सीमा नाका ४८ घन्टा बन्द गरिने
इलाम, २७ जेठ । दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ । सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । भारतसँग सीमा जोडिएका पूर्वका सीमा नाका दुई दिन बन्द गरिनेछ । निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि ४८ घन्टा सीमा नाका बन्द गर्न लागिएको हो । यस विषयमा दुई देशका उच्च पदस्थ अधिकारीबीच छलफल भइसकेको प्रजिअ दाहालले बताउनुभयो । दाहालकाअनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ । इलामका प्रमुख सीमा नाका पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्ककता बढाइएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण