द्वन्द्व रुपान्तरण संवाद समिति–बैठक
शनिबार, २७ जेठ २०७४, १४ : ०३
इटहरी, २७ जेठ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा समितिले सुनसरी जिल्लामा प्राकृतिक द्वन्द्व रुपान्तरणका पक्षमा चार महिनाको अवधिमा भएका कार्यक्रमको समीक्षा बैठक यहाँ आज आयोजना गरियो ।
देशको विभिन्न १७ जिल्लाको जल जमिन र जङ्गललगायतका विषयसँग सरोकार राखेर विगत लामो समयदेखि स्थानीय समुदायमा सिमाना क्षेत्र, प्राकृतिक स्रोतको बाँडफाँड, उपभोग र त्यसको भोगचलन लगायतका विषयमा लामो समयदेखि उत्पन्न द्वन्द्व वा विवाद समाधान गर्ने कार्यमा सफलता प्राप्त गर्दैआएको यस समितिले सुनसरीमा पनि धेरै समस्याको समाधान गरेको छ ।
प्राकृतिक सम्पदाको सिमाना क्षेत्र तथा स्वामित्व विवाद समाधान गरी एक आपसमा मेलमिलाप गराउँदै आएको समितिले सुनसरी जिल्लाको जल जमिन जङ्गलसँग सम्बन्ध राख्ने धेरै द्वन्द्वको सहजीकरण गरेर मिलाप गराइसकेको छ ।
जल जमिन र जङ्गल सम्बन्धी द्वन्द्व व्यवस्थापनमा सक्रिय सुनसरीकी राष्ट्रिय स्रोतव्यक्ति कृष्ण राईले सुनसरीमा पाँचवटा भन्दा बढी द्वन्द्वको व्यवस्थापन गरी १२ वटा त्यस्ता द्वन्द्व सम्बन्धी घटनाको अभिलेखिकरण गरेर ती समस्याको निरुपण गर्ने अभियान चलाइरहेको बताउनुभयो । उहाँले समितिले नेपालका १७ जिल्लामा ९५ वटा द्वन्द्व सम्बन्धी घटना मिलाउने कार्य गरेको जानकारी दिए ।
बैठकमा अभियानको क्षेत्रीय निर्देशक हिम डिसीले जल जमिन र जङ्गलबाहेक अन्य प्राकृतिक स्रोत सम्बन्धी विवाद वा द्वन्द्वलाई व्यवस्थापन गर्दै यसको दिगो समाधानका लागि समितिले सक्रिय पहल गर्दैआएको बताए ।
जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत भेषराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले सुनसरी जिल्लाको विभिन्न सामुदायिक वन, तालतलैया, बर्जुताल र धरानको सर्दू जलाधार क्षेत्रलगायतका विषयमा पछिल्लो समयमा उत्पन्न विवाद र समस्याको सुक्ष्म अध्ययन गरेर त्यसको समाधान निकाल्ने विषयमा पनि वृहत छलफल गरेको छ ।
सो अवसरमा जिल्ला बार एसोसिएसनका अध्यक्ष राजु ढकाल, जिल्ला वन कार्यालयका वीरेन्द्र महासेठ, सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विष्णु चौधरी, सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका टेकबहादुर तामाङ, जिल्ला शान्ति समितिका संयोजक डम्बर बुढाथोकी र अग्रज पत्रकार याम प्रधानलगायतले प्राकृतिक स्रोतमाथिको विवाद लगायतका विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण