तराईमा निर्वाचनको बातावरण बन्दै छ : फोरम उपाध्यक्ष
पर्सा, जेठ २७- सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले तराईमा दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बताएका छन् ।
पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मधेसवादी दलका मुद्दाप्रति सरकारले देखाएको सकारात्मक दृष्टीकोणले तराईका जिल्लामा दोस्रो चरणको निर्वाचनको वातावरण बन्दैगएको उनले बताए ।
सङ्घीय समाजवादी फोरम नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गद्दीले सस्तो लोकप्रियताका लागि राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)का नेताले निर्वाचनको विरोध गरिरहेको आरोप लगाए ।
उनले तराईका जिल्लामा रहेका मतदाता मानसिक रुपमा निर्वाचनका लागि तयार भएकाले कसैले विरोध गर्दैमा निर्वाचन रोकिने अवस्था नरहेको बताउँदै स्थानीय तहको निर्वाचनलाई लिएर राजपाका नेताहरु नै विभाजित मनस्थितिमा रहेको दावी गगरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण