मिसाइल प्रहारसँगै उत्तर कोरियाले स्वागत गर्यो नयाँ वर्ष
उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।
राजधानी प्योङयाङको रोङसोङ क्षेत्रबाट स्थानीय समय अनुसार बिहान २ः५० बजे प्रहार गरेपछि पछिल्लो क्षेप्यास्त्र करिब ४०० किलोमिटर (२४९ माइल) उडेको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस) ले भनेको छ ।
जेसीएसले प्योङयाङलाई तत्काल परीक्षण रोक्न आग्रह गर्दै भनेको छ ‘हामी उत्तर कोरियाको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्छौं जुन कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थिरतामा चोट पु¥याउने गम्भीर उत्तेजना हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण