खैरो हेरोइनसहित दुई युवक पक्राउ
आइतबार, १७ पुस २०७९, १२ : ३३
काठमाडौं । प्रहरीले कपिलवस्तु र कैलालीको भजनीबाट दुईजना युवालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बाट २२ वर्षीय राजेश परियार र कैलालीको भजनी नगरपालिका–३ बाट २३ वर्षीया सुदिप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका–३ घर भएका राजेश परियारको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ । आरोपी शनिवार बिहान पक्राउ परेका हुन् ।
भजनीको कुसुमघाटबाट पक्राउ गरिएका चौधरीको साथबाट ४ सय ७० मिलिग्राम खेरो हिरोइन बरामद गरिएको छ । जानकी गाउँपालिका–२ खर्गुवार घर भएका चौधरीले भारतबाट खैरो हेरोइन ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरु विरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण