खैरो हेरोइनसहित दुई युवक पक्राउ
आइतबार, १७ पुस २०७९, १२ : ३३

काठमाडौं । प्रहरीले कपिलवस्तु र कैलालीको भजनीबाट दुईजना युवालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बाट २२ वर्षीय राजेश परियार र कैलालीको भजनी नगरपालिका–३ बाट २३ वर्षीया सुदिप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका–३ घर भएका राजेश परियारको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ । आरोपी शनिवार बिहान पक्राउ परेका हुन् ।
भजनीको कुसुमघाटबाट पक्राउ गरिएका चौधरीको साथबाट ४ सय ७० मिलिग्राम खेरो हिरोइन बरामद गरिएको छ । जानकी गाउँपालिका–२ खर्गुवार घर भएका चौधरीले भारतबाट खैरो हेरोइन ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरु विरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी हवाई क्षेत्र छलेर प्रमुख हवाई सेवा कम्पनी जहाज उडाउँदै
-
बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउन सिफारिस
-
अन्तर्राष्ट्रिय वित्त निगमको नेपाल आवासीय प्रतिनिधिमा रत्निजा अरन्दरा नियुक्त
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव
-
तालिकाको पहिलो स्थानमा उक्लने लक्ष्यसहित भिड्दै मुम्बई र गुजरात
-
चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित