जनकपुरमाथि काठमाडौंको जित
नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर १ बलमा अलआउट भएर ९० रन मात्र बनायो । जनकपुरका लागि ओपनर अरफुदिन असरफले ३३ रन बनाए । त्यस्तै सोमपाल कामीले २१ रन बनाउँदा खडक बोहोराले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
काठमाडौंका लागि अभिनास बोहोराले चार विकेट लिए । त्यस्तै अजमतुल्लाह उमरजाईले २ विकेट लिँदा कमलसिंह ऐरी,अनिल खरेल र बसिर अहमदले समान १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । काठमाडौंका लागि सुनाम गौतमले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रायन बर्लले अविजित ६१ रनको अर्धशतकीय पारी खेल्दा एलेक्स ब्लेक २० रन जोडे ।
जनकपुरका लागि जितेन्द्र मुखियाले २ विकेट लिए । त्यस्तै शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १÷१ विकेट लिए । जितसँगै काठमाडौं ५ खेलमा ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । पराजित जनकपुर ६ खेलमा ८ अंकका तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण