लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लिला गिरी
आइतबार, १७ पुस २०७९, १९ : २९
रुपन्देही । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ । आइतबार दाङकोे बिजौरीस्थित महासचिव शंकर पोखरेलको निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो ।
एमाले स्रोतका अनुसार आइतबार बिहान महासचिव पोखरेल निवासमा भएको छलफलमा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, संसदीय दलको नेताका आकांक्षी लिला गिरी र चेतनारायण आचार्य लगायतका नेताहरू सहभागी थिए ।
एमालेले प्रदेशसभा सदस्यहरुको शपथग्रहण पश्चात आइतबारै संसदीय दलको नेता चयन गरेको हो । एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण