बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लिला गिरी

आइतबार, १७ पुस २०७९, १९ : २९
आइतबार, १७ पुस २०७९

रुपन्देही । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ । आइतबार दाङकोे बिजौरीस्थित महासचिव शंकर पोखरेलको निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो ।

एमाले स्रोतका अनुसार आइतबार बिहान महासचिव पोखरेल निवासमा भएको छलफलमा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, संसदीय दलको नेताका आकांक्षी लिला गिरी र चेतनारायण आचार्य लगायतका नेताहरू सहभागी थिए ।

एमालेले प्रदेशसभा सदस्यहरुको शपथग्रहण पश्चात आइतबारै संसदीय दलको नेता चयन गरेको हो । एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप