आम जनता पार्टीले मधेसका आठवटै जिल्लामा तोक्यो संयोजक र इन्चार्ज
हालै गठन भएको आम जनता पार्टीले मधेस प्रदेशको आठवटै जिल्लाको नेतृत्व चयन गर्नुका साथै जिम्मेवारी तोकेको छ । पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेस प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्जको जिम्मेवारी तोकेका हुन । आम जनता पार्टीका प्रचार प्रसार विभाग प्रमुख चन्द्रभुषण साहका अनुसार पार्टीको रौतहट संयोजकमा धर्मेन्द्र पटेल, पर्सा संयोजकमा कदम रशुल, बारामा उमेश कुशवाहा र सर्लाहीमा तुलसीप्रसाद हुमागाई चयन भएका छन् ।
त्यस्तै, महोत्तरीमा विजय साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा उदय साह र सप्तरीमा शिवकुमार महरालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।यस्तै, जिल्ला सचिवका रुपमा पर्सामा विश्वराज पटेल, बारामा राजकिशोर साह, रौतहटमा पलट चौधरी, सर्लाहीमा नविन साह, महोत्तरीमा प्रमोद महतो, धनुषामा बलदेव साह, सिराहामा धर्मेन्द्र महरा र सप्तरीमा सुनिल राज दास चयन भएका छन् ।
त्यसैगरी इन्चार्जको रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा रिता देवी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिराहामा बिल्टु यादव र सप्तरीमा आरडी आजाद चयन भएको पार्टी अध्यक्ष प्रभु साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण