शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आम जनता पार्टीले मधेसका आठवटै जिल्लामा तोक्यो संयोजक र इन्चार्ज

आइतबार, १७ पुस २०७९, २१ : ०२
आइतबार, १७ पुस २०७९

हालै गठन भएको आम जनता पार्टीले मधेस प्रदेशको आठवटै जिल्लाको नेतृत्व चयन गर्नुका साथै जिम्मेवारी तोकेको छ । पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेस प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्जको जिम्मेवारी तोकेका हुन । आम जनता पार्टीका प्रचार प्रसार विभाग प्रमुख चन्द्रभुषण साहका अनुसार पार्टीको रौतहट संयोजकमा धर्मेन्द्र पटेल, पर्सा संयोजकमा कदम रशुल, बारामा उमेश कुशवाहा र सर्लाहीमा तुलसीप्रसाद हुमागाई चयन भएका छन् ।

त्यस्तै, महोत्तरीमा विजय साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा उदय साह र सप्तरीमा शिवकुमार महरालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।यस्तै, जिल्ला सचिवका रुपमा पर्सामा विश्वराज पटेल, बारामा राजकिशोर साह, रौतहटमा पलट चौधरी, सर्लाहीमा नविन साह, महोत्तरीमा प्रमोद महतो, धनुषामा बलदेव साह, सिराहामा धर्मेन्द्र महरा र सप्तरीमा सुनिल राज दास चयन भएका छन् ।

त्यसैगरी इन्चार्जको रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा रिता देवी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिराहामा बिल्टु यादव र सप्तरीमा आरडी आजाद चयन भएको पार्टी अध्यक्ष प्रभु साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

ttt

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप