नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष श्रेष्ठले एक नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।
वडा अध्यक्षलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।
श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन् । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए । - न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक सुरू
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त हुनु विश्वविद्यालयको भविष्य निर्माणको जग हो : त्रिवि
-
न्यूजिल्यान्डमा तीन माओरी सांसद निलम्बित
-
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृत्यु
-
टीभीकी चर्चित 'बुहारी'ले गरिन् गुपचुप बिहे, छक्क परे फ्यानहरू
-
स्वर्गीय कलाकार गौतमको परिवारलाई ५० हजार सहयोग