अल्का अस्पतालमा आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ । अल्का अस्पतालले आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य शिविरको अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गरे ।
सो कार्यक्रममा उनले आइभिएफ, मधुमेह र साइकियाट्रिक एक आपसमा सम्बन्ध भएका कारण यस पटकको शिविरमा यी विषयलाई प्राथमिकता दिएको उल्लेख गरे ।
अस्पताल परिसरमा सुरु निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भइरहेको प्रशासन प्रमुख भगवान् केसीले जानकारी दिए । शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ।
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ। त्यस्तै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिविरमा सहभागीहरूले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन।
अल्का अस्पतालले यसअघि लमजुङ्ग, मकवानपुर, काभ्रे लगायतका दर्जनौ जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ। अल्का अस्पताल २०६२ साल फागुन ३ गतेदेखि संचालनमा आएको हो। अल्का अस्पतालमा सय शय्या छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण