पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको उडान
हिमालय एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सफलतापूर्वक गरेको छ । एयरबस ए३२० ९एन–एएलभीले आइतबार पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सको जहाज बिहान १३ः११ बजे काठमाडौँबाट उडान भरेर १३ः४४ मा पोखरामा अवतरण गरेको थियो । यो नै पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको एअरलाइन्सले जनाएको छ ।
विमानलाई पोखरामा पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स् टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष,सञ्चालक) लाई स्वागत गरेका थिए । त्यसपछि विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाडौँमा अवतरण गरेको थियो । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनी सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण