माओवादी लुम्बिनी प्रदेशको दलको नेतामा महरा
सोमबार, १८ पुस २०७९, १३ : ५०
दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । प्रदेश राजधानी दाङको देउखुरीमा आज बसेको बैठकले दलको नेतामा सर्वसम्मत रुपमा महरालाई दलको नेता चयन गरेको एक नेताले बताए ।
रोल्पा प्रदेशसभा १ बाट प्रत्यक्ष निर्वाचित महरा पहिलोपटक सांसद र पहिलोपटक दलको नेता चयन भएका हुन् । यसअघि अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा थिए । दलको नेतामा इन्द्रजीत थारुले समेत आकांक्षा राखेका थिए । तर, पार्टीका सांसदहरुको दबाबमा महरालाई सर्वसम्मत रुपमा दलको नेता बनाएको हो । यस प्रदेशमा माओवादीका ९ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण