प्रदेश १ : दुई वटा अध्यादेश र एउटा नियमावली पारित
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ पारित भएको हो । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताए । उनले भने, ‘हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयन गरिरहेका छौँ, हामी आफै बजेट बनाउने तथा कार्यान्वयन गर्ने गर्छौँ तर, प्रशासनिक रूपमा कर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागि प्रदेश निजामती सेवा अध्यादेश २०७९ सदन नभएको बेला आवश्यक देखिएकाले ल्याएका हौँ ।’
सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संशोधन अध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पारित गरेको छ । आइतबारको बैठकले तत्कालीन वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा प्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामी पौष २५ गते दिनको १ बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण