शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि

सोमबार, १८ पुस २०७९, १६ : ४०
सोमबार, १८ पुस २०७९

 काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन आह्वान गरेको हो । 

यही पुस २४ देखि माघ २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षा भने फागुन २४ गतेदेखि सञ्चालन हुनेछ । फागुन २४ गते एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । फागुन २५ गते बीडीएस, फागुन २६ गते बिएस्सी नर्सिङ, फागुन २७ गते बीएएमएस, बिएन, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बि फार्म लगायतका परीक्षा हुनेछन् भने फागुन २८ गते बिचिएचको परीक्षा हुनेछ । 

प्रवेश परीक्षा सबै विषयको २०० पुर्णाङ्कको हुने र परीक्षा समायवधी ३ घण्टाको हुनेछ । एकभन्दा बढी कार्यक्रमका लागि आवेदन दिने उम्मेदवारहरूले परीक्षा तालिका बमोजिम एकै समयमा परीक्षा नजुध्ने गरी आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षाका लागि आवेदन शुल्क नेपालीका लागि ४ हजार र विदेशीका लागि ८ हजार तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप