तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन, पृथ्वी जयन्ती मनाउन छलफल
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले पृथ्वी जयन्तीका अवसरमा संयुक्तरूपमा सांस्कृतिक झाँकीसहित कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाल प्रज्ञामा मङ्सिर मसान्तमा सबै पदाधिकारीको पदावधि सकिएको थियो । प्रज्ञाका कुलपति र सदस्य सचिवको अवधि भने गत असोज २१ गते नै सकिएको हो ।
ललितकला प्रज्ञा र सङ्गीत तथा नाट्य प्रज्ञाका पदाधिकारीको पदावधि भने पुस १६ गते सकिएको थियो । सबै प्रतिष्ठानमा पदाधिकारीको पदावधि सकिएपछि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनै प्रतिष्ठान र संस्थानका प्रशासन शाखा प्रमुखलगायत कर्मचारीलाई बोलाएर पृथ्वी जयन्ती मनाउने विषयमा छलफल गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्रशासन शाखा प्रमुख सुमन अधिकारीले जानकारी दिए ।
यस वर्ष मन्त्रालयकै नेतृत्वमा पृथ्वी जयन्तीको कार्यक्रम गरिने भएको छ । पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएको पुस्तक प्रदर्शनीलाई पदाधिकारीको अनुपस्थितिमा पनि निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको उनले सुनाए । प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा नेतृत्वदायी भूमिका खेलेको सम्झनामा पुस २७ गते पृथ्वी जयन्ती मनाउने गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण