बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी ज्यान मुद्दामा ३५ वर्षपछि पक्राउ

सोमबार, १८ पुस २०७९, २० : ०४
सोमबार, १८ पुस २०७९

काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट रु तीन हजार ५० जरिवाना तोकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका–१५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

काठमाडौँ प्रहरीले आइतबार मात्र ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा बैंकलाई हानी पु¥याउनेलगायतका कसुर मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौैँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना र कैद ठहर भएपछि फरार रहेका २६ जनालाई एकैदिन पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता मैनालीले बताए । यस्तै प्रहरीले गत पुस १२ देखि १७ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र सजाया सुनाइएका ६५ जनालाई पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप