सवारी ज्यान मुद्दामा ३५ वर्षपछि पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट रु तीन हजार ५० जरिवाना तोकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका–१५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
काठमाडौँ प्रहरीले आइतबार मात्र ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा बैंकलाई हानी पु¥याउनेलगायतका कसुर मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौैँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना र कैद ठहर भएपछि फरार रहेका २६ जनालाई एकैदिन पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता मैनालीले बताए । यस्तै प्रहरीले गत पुस १२ देखि १७ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र सजाया सुनाइएका ६५ जनालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण