माथिल्लो तामाकोशी : सर्भे गरिएकै स्थानमा सबस्टेसन राख्न सङ्घर्ष समितिको माग
काठमाडौं । अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेसन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको र अहिले सर्भेभन्दा अन्यत्रै राख्न खोजिएको भन्दै परियोजना पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको हो ।
समितिले सुरुमा सर्भे भएको काभ्रेको मण्डन देउपुर–१ हलिदेमा नै सबस्टेसन राख्नुपर्ने अडान राखेको छ । पछि निर्माण कार्य अघि बढाउने क्रममा परियोजनाले काठमाडौँको शङ्खरापुर–३ बोझेनीमा राख्न खोजेपछि समितिले विरोध जनाएको हो । सर्भे गरिएकै स्थानमा परियोजनाको सबस्टेसन नराखे आयोजनाको निर्माण कार्य नै अघि बढाउन नदिने समितिले चेतावनीसमेत दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक तुलाराम तामाङले स्थानीयवासीले अघि सारेका जायज माग पूरा गर्न सरकारले अविलम्ब कदम चाल्नुपर्ने धारणा राखे । उनले स्थानीयवासीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाए । परियोजनाको सबस्टेसन सार्नुमा भूमाफियाहरूको चलखेल भएको उजको दाबी छ ।
“एसियाली विकास बैंकको लगानीमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाइरहेको अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन राख्ने, टावर प्याड राख्ने तथा तार बिछ्याउने कार्यको हाम्रो विरोध रहेको जानकारी हुँदाहुँदै पुस १७ र १८ गते प्रहरी परिचालन गरेर जनतालाई लाठीचार्ज गर्न र धरपकडको हामी घोर विरोध गर्दछौैँ”, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राज्यले बनाउने आयोजना जनताको लाभका लागि भए पनि यसले जनतामा निहित आत्मअधिकारसमेत हनन भएको उनीहरूको आरोप छ । साथै, पक्राउ परेका जयमान वाइवा, राजमान स्याङ्बो, लोहाङ लामाको तुरुन्त रिहाइको पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण