शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ समर्थक सडकमा (फोटो)

पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ समर्थक सडकमा (फोटो)

मङ्गलबार, १९ पुस २०७९

हजारौँ ब्राजिलियनहरुले फुटबलका महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर उनको पूर्व क्लब सान्तोसको साउ पाउलोस्थित उर्बानो काल्डिएयरा स्टेडियममा राखिएको थियो । मैदानबाहिर उनका समर्थकहरूको लामो लाइन देखिएको थियो ।

३ पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनी सन् २०२१ देखि क्यान्सरबाट पीडित रहेका थिए । मंगलबार उनको पार्थिव शरीरलाई सान्तोसको सडकमा  र्‍यालीसहित घुमाइनेछ र निजी समारोहबीच अन्त्येष्टि गरिनेछ । ब्राजिलको सरकारले उनको निधनमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया