शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काबुलमा चार अपहरणकारी मारिए, एक व्यापारीको उद्धार

मङ्गलबार, १९ पुस २०७९, १५ : ४०
मङ्गलबार, १९ पुस २०७९

अफगान । अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् । 

अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने प्रयास गरिरहेको थियो ।  तर प्रहरीले चार अपहरणकारीलाई गोली हानेर व्यापारीलाई उद्धार गरेको थियो । 

तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले युद्धग्रस्त देशमा अपहरण, लागूऔषध ओसारपसार, सशस्त्र डकैती र आतङ्कवादी जस्ता अपराधी र गैरकानूनी गतिविधिहरूमाथि कारबाही गर्ने वाचा गरेका छन् । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप