काबुलमा चार अपहरणकारी मारिए, एक व्यापारीको उद्धार
मङ्गलबार, १९ पुस २०७९, १५ : ४०
अफगान । अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् ।
अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने प्रयास गरिरहेको थियो । तर प्रहरीले चार अपहरणकारीलाई गोली हानेर व्यापारीलाई उद्धार गरेको थियो ।
तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले युद्धग्रस्त देशमा अपहरण, लागूऔषध ओसारपसार, सशस्त्र डकैती र आतङ्कवादी जस्ता अपराधी र गैरकानूनी गतिविधिहरूमाथि कारबाही गर्ने वाचा गरेका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण