विशेष अदालतबाट फैसला भएका ६ मुद्दालाई सर्वोच्चमा लग्यो अख्तियारले
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
विशेष अदालतबाट फैसला भएका ती मुद्दामा अख्तियारले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो । थपलियाका अनुसार घुस÷रिसवत, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको उनले बताए ।
गत असार ९ गते सन्तमाया श्रेष्ठविरुद्धको घुस÷रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दा सम्बन्धी विशेष अदालतको फैसला, धनेश्वर प्रसाई, सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपाने विरुद्ध घुस÷रिसवत लिने दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा गत असार ३ गते भएको फैसला पुनरावेदन गरिएको हो ।
यस्तै, नरबहादुर बोहरा, नरेन्द्रबहादुर भाट, मिनबहादुर बोहरा, मथुरीदेवी बोहरा, तेजबहादुर बोहराविरुद्धको मुद्दामा गत भदौ २९ गते विशेष अदालतले गरेको फैसला उपर पनि अख्तियारले पुनरावेदन गरेको छ ।
भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी र हरिशंकर शर्माविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, भीमप्रसाद आचार्य, हरिशंकर शर्मा, मनिषकुमार महतोविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, राधिकादेवी शर्मा, भरतप्रसाद उपाध्याय विरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसलामाथि पनि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण