लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन
बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।
उक्त अवसरमा विश्व सम्पदा सूचीकृत तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एवं सगरहवालाई बौद्धकालीन पार्कका रूपमा विकास गर्न राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरूले निर्देशन दिएको लुम्बिनी विकास कोषले जनाएको छ । कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बताए । उनले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरू संरक्षण गर्दै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएको बताए ।
कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरूको बध भएको स्थल सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरी बौद्धकालीन सभ्यतालाई प्रचार उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताए । अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्काल पर्खाल निर्माण सुरु गर्नुपर्ने आवश्यकता देखिएकाले सुरु गर्ने सदस्य सचिव सानु राजा शाक्यले बताएको लुम्बिनी विकास कोषका प्रेस सल्लाह विनोद परियारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण