क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो
क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको सरकारले जनाएको छ । क्यानडाले कडा श्रम बजारसँग लड्न अध्यागमनलाई बढावा दिइरहेको छ ।
सरकारले सन् २०२२ मा ४ लाख ३१ हजार ६४५ नयाँ स्थायी बासिन्दाहरूलाई स्वागत गर्ने लक्ष्य राखेको थियो र अध्यागमन मन्त्रालयले क्यानाडाको इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो वार्षिक प्रवेश गर्ने लक्ष्यमा पुगेको बताएको छ ।
गत वर्षको संख्या सन् २०२१ भन्दा लगभग ९ प्रतिशत बढी छ जतिबेला क्यानाडाले सन् १९१३ मा तय गरेको अघिल्लो रेकर्डलाई पार गरेको थियो र क्यानाडाले सन् २०२५ सम्म १ दशमलब ४५ मिलियन नयाँ स्थायी बासिन्दाहरू भित्रयाउन खोजेको छ ।
क्यानाडाले तीव्र श्रम बजार अभावलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेकोले अध्यागमन समाधानको मुख्य भाग भएको मन्त्रालयले प्रष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ९ जना सम्मानित
-
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
-
ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट
-
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
-
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा