सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी पुगेर रोनाल्डोले खुलाए अल-नासरमा आबद्ध हुनुको कारण

बुधबार, २० पुस २०७९, ०९ : ५५
बुधबार, २० पुस २०७९

विश्वका महान् फुटबल खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोले अल-नासर फुटबल क्लबबाट खेल्ने आफ्नो निर्णयमा गर्व रहेको बताएका छन् । रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए । उनले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो २०२५ सम्म क्लबसँग रहनेछन्।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबिया पुगेपछि रोनाल्डोले अल–नासरमा आबद्ध भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । उनी र उनको परिवारलाई गरिएको स्वागतको पनि रोनाल्डोले प्रशंसा गरे । पोर्चुगलका स्टार खेलाडीले पत्रकार सम्मेलनमा भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो। मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूसँग खेलेको छु। यो अब नयाँ चुनौती हो।

FlkNLYBXwAMDity

उनले भने कि अल-नासरले विश्वमा साउदी फुटबलको छवि मात्र होइन देशको धारणा पनि परिवर्तन गर्नेछ। आफूलाई अद्वितीय खेलाडीको रुपमा व्याख्या गर्दै उनले भने, ‘म एक अद्वितीय खेलाडी हुँ । मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु । म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु।’

रोनाल्डोले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको बताए । उनले साउदी फुटबलमा योगदान दिन चाहेको बताए । अल-नासर क्लबका अध्यक्ष मुसाली अल मुअम्मरले पनि रोनाल्डोलाई स्वागत गर्दै आफ्नो उपलब्धि बताए । 

FlkumifXkAAnd9D

रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो । यो रोनाल्डोको करियरको अन्त्य हो भनेर सामाजिक सञ्जालमा समेत लेखिएको थियो । तर साउदी अरेबियाको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि ती अड्कलबाजीहरूको अन्त्य भएको छ ।

FlkNLX8WQAAPdbsFlkNLYIXgAEKMy9FlkNLX5X0AE1Pb0FlkuqtPWIAA-uAZFlkuoTLX0AYHBP3FlkukMRXoAcig8L

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप