अमेरिकाबाट दिल्ली जाँदै गरेको विमानमा अत्यधिक मादक पदार्थ पिएका व्यक्तिले गरे ‘लज्जास्पद व्यवहार’
नयाँ दिल्ली । न्युयोर्कबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानमा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले एक वृद्ध महिलामाथि पिसाब फेरिदिएका छन् । यो विषय एक महिनाभन्दा पुरानो भए पनि अहिले चर्चामा आएको छ ।
धेरैले यसलाई ‘चकित पार्ने खालको र लाजमर्दो’ घटना बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले पनि यस विषयमा रिपोर्ट माग गरेको छ ।
ती वृद्धा विमानको बिजनेस क्लासमा थिइन् । यस्तै, घटनाका बेला ती पुरुष यात्री रक्सीले मातेका थिए ।
नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले एयर इन्डियालाई यस विषयमा प्रतिवेदन बुझाउन भनेको छ ।
डिजिसीएले बुधवार भनेको छ, ‘हामीले एयरलाइनबाट रिपोर्ट मागिरहेका छौँ र लापरवाहीको लागि सम्बन्धित व्यक्तिलाई कारबाही गरिनेछ ।’
An inebriated male passenger urinated on a female co-passenger in Air India's business class on Nov 26, 2022
— ANI (@ANI) January 4, 2023
Air India has lodged a police complaint regarding the incident which took place on Nov 26 when the flight was on its way from JFK (US) to Delhi: Air India official to ANI pic.twitter.com/XE55X6ao0b
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एयर इन्डियाका एक अधिकारीले भने, ‘एयर इन्डियाले यस विषयमा उजुरी दिएको छ ।’
उनले भने, ‘यो घटना नोभेम्बर २६ मा न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली आउँदै गर्दा भएको थियो ।’
एयर इन्डियाले एक आन्तरिक समिति गठन गरेको थियो जसले पुरुष यात्रुलाई ‘नो फ्लाई लिस्ट’ मा राख्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण