कांग्रेस नेता निधि दिल्ली प्रस्थान
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन नेता निधि बुधबार दिउँसो १ बजे दिल्ली प्रस्थान गरेका हुन् ।
निधि सभापति शेरबहादुर देउवाको स्वीकृतमा दिल्ली गएको बुझिएको छ । भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव स्वर्गीय त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ ।
उक्त कार्यक्रममा अर्थराज्यमन्त्री पंकज चौधरी, विशिष्ठ व्यक्तिहरु केसी त्यागी, सुप्रिया, डि राजा, भारत र नेपालका लागि भियतनाका राजदूत लगायत कार्यक्रममा सहभागी हुने छन् । त्रिपाठीले २०४७ सालमा नेपालमा जनआन्दोलनका सदभाव राख्न उनी काठमाडौं आएका थिए ।
त्रिपाठीको संयोजनमा भारतीय राजनीतिज्ञहरु नेता सिंहको निवासमामा भएको आन्दोलनमा सहभागी भएको थिए ।
निधिको चार दिने भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटको पनि कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालासँग भेटवार्ताको कार्यतालिका बनिसकेको छ भने बाँकी कार्यक्रम दिल्ली पुगेपछि तय हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण