शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस नेता निधि दिल्ली प्रस्थान

बुधबार, २० पुस २०७९, १२ : ५७
बुधबार, २० पुस २०७९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन नेता निधि बुधबार दिउँसो १ बजे दिल्ली प्रस्थान गरेका हुन् ।

निधि सभापति शेरबहादुर देउवाको स्वीकृतमा दिल्ली गएको बुझिएको छ । भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव स्वर्गीय त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ । 

उक्त कार्यक्रममा अर्थराज्यमन्त्री पंकज चौधरी, विशिष्ठ व्यक्तिहरु केसी त्यागी, सुप्रिया, डि राजा, भारत र नेपालका लागि भियतनाका राजदूत लगायत कार्यक्रममा सहभागी हुने छन् । त्रिपाठीले २०४७ सालमा नेपालमा जनआन्दोलनका सदभाव राख्न उनी काठमाडौं आएका थिए । 

त्रिपाठीको संयोजनमा भारतीय राजनीतिज्ञहरु नेता सिंहको निवासमामा भएको आन्दोलनमा सहभागी भएको थिए ।

निधिको चार दिने भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटको पनि कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालासँग भेटवार्ताको कार्यतालिका बनिसकेको छ भने बाँकी कार्यक्रम दिल्ली पुगेपछि तय हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप