बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथाको ‘डेथ जोन’ मा पुगेपछि शरीरमा कस्तो असर पर्छ ?

बुधबार, २० पुस २०७९, १४ : ३४
बुधबार, २० पुस २०७९

काठमाडाैँ । मानिसको शरीरले सबैभन्दा राम्रो काम कहाँ गर्छ ? जवाफ हो – समुद्र सतहमा । यहाँ उसको फोक्सो र दिमागले सही मात्रामा अक्सिजन पाउँछ । तर मानिस जति माथि जान्छ, उसका लागि कठिनाई बढ्दै जान्छ । तर विश्वको सबैभन्दा अग्लो पहाड सगरमाथाको डेथ जोनमा मानिसको शरीरमा के कस्तो प्रभाव पर्छ ?

सगरमाथा समुद्र सतहभन्दा २९,०२९ फिट अर्थात् ८ हजार ८ सय ४८ किलोमिटर अग्लो छ । अर्थात्, यत्तिको उचाई जहाँ जाँदा तपाईंको शरीरले धेरै कुराको अनुभव गर्छ । नसा खुम्चिन थाल्छ । सास फेर्न गाह्रो हुन्छ । केही कुरा देख्न नै छोडिन्छ । दिमागले राम्रोसँग काम गर्दैन ।

mt everest4डेथ जोनको सुरुवात ८००० किलोमिटरबाट सुरु हुन्छ । अर्थात्, यहाँभन्दा माथि तपाईंले यति कम अक्सिजन पाउनुहुन्छ कि तपाईंको शरीरका कोषिका मर्न सुरु हुन्छन् । हरेक मिनेट नष्ट हुँदै जान्छन् । यहाँबाट तपाईंको दिमाग र फोक्सोलाई अक्सिजन कति आवश्यक छ भनेर थाहा हुन्छ ।

mt everest5अर्को ८०० मिटर चढ्दा–चढ्दै मानिसहरुको निर्णय लिने शक्ति क्षय हुन्छ । हृदयाघात र ब्रेन स्ट्रोकको आशंका थुप्रै गुणा बढ्ने गर्छ । सगरमाथा आरोहण गरिसकेका शना बर्केले वास्तवमा शरीरका कोषिका मर्न थाल्ने बताउँछन् । उनका अनुसार सगरमाथा चढ्नु भनेको समयविरुद्ध शरीरको युद्ध ।

mt everest6सन् २०१९ मा सगरमाथा चढ्ने बेला १९ जनाको मृत्यु भएको थियो । यीमध्ये ११ जनाको डेथ जोनमा मृत्यु भएको थियो । किनभने उनीहरुले यहाँ नै धेरै समय बिताए । केही मानिसहरुले यसलाई बढी भीडका कारण हुने दुर्घटना बताए । तर कोही भने यसलाई मान्दैनन् किनभने मौसम अनुकुल थियो । तर पनि डेथ जोनमा धेरैको मृत्यु भयो ।

mt everest7यस्तै २२ मे २०१९ मा २५० जना एकै समय सगरमाथा आरोहणमा निस्किएका थिए । माथि गएर फर्कने क्रममा लामो लाइन लाग्यो । यो लाइन डेथ जोनमा थियो । मानिसहरुले लामो समय डेथ जोनमा प्रतीक्षा गर्नुपर्यो । १९ मध्ये ११ को मृत्यु यसै डेथ जोनमा भएको थियो किनभने उनीहरुले धेरै समयसम्म डेथ जोनमा रोकिएका थिए ।

mt everest8समुद्र सतहमा हुँदा हावामाम २१ प्रतिशत अक्सिजन हुन्छ । तर जब तपाईं १२ हजार फिट माथि जानुहुन्छ तब तपाईंले हरेक सासमा ४० प्रतिशत कम अक्सिजन पाउनुहुन्छ । डेथ जोनमा पर्वतारोही एक चौथाई अक्सिजनमा बाँचिरहेका हुन्छन् । यो कुराको वैज्ञानिक कारण पनि छन् ।

mt everest9८.८ किलोमिटर उचाईमा यस्तो लाग्छ कि तपाईं ट्रेडमिलमा दौडिरहनुभएको छ र सास फेर्नका लागि तपाईंलाई एक स्ट्र दिइएको छ । जब तपाईंको शरीरलाई चाहिनेभन्दा एक चौथाई अक्सिजन मात्रै बाँकी छ भने तपाईंले धेरै नै समस्या झेल्नुपर्ने हुन्छ । अर्थात्, तपाईंको मुटु हरेक मिनेट १४० पटक धड्किन्छ । अर्थात्, हृदयाघात जहिले पनि हुनसक्छ ।

mt everest10सगरमाथा चढ्न सुुरु गर्नुभन्दा अघि पर्वतारोहीहरुले आफ्नो शरीरलाई एक्लेमेटाइज गर्नुपर्ने हुन्छ । उनीहरु थुप्रै दिनसम्म थोरै–थोरै गरी उचाई बढाउँदै अघि बढ्छन् । यसो गर्दा फोक्सो र दिमागलाई त्यो उचाईमा पाइने अक्सिजनको बानी पर्छ ।

mt everest11यत्तिको उचाईम पुगेपछि शरीरमा बढी मात्रामा हिमोग्लोबिन बन्न थाल्छ ताकि धेरैभन्दा धेरै अक्सिजनको सप्लाई हुन सकोस् । तर धेरै हिमोग्लोबिन बन्नु अर्थात् रगत गाढा हुनु । यसो गर्दा मुटुले शरीरभरी रगतको सञ्चार ठिक तरिकाले गर्न सक्दैन । यसैका कारण तपाईंलाई स्ट्रोक आउन सक्छ वा फोक्सोमा पानी जम्मा हुनसक्छ ।

mt everest12सगरमाथामा साधारणतया पर्वतारोहीलाई एक समस्या हुने गर्छ । यसलाई हेप भनिन्छ अर्थात् हाई एल्टिट्युड पल्मोनरी एडिमा । यसमा तपाईंको फोक्सोमा पानी भरिने गर्छ । जसको परीक्षण तपाईं सामान्य स्टेथोस्कोपले गर्न सक्नुहुन्छ । तब तपाईं छातीमा स्टेथोस्कोप लगाउनुहुन्छ भित्रबाट पानी उम्लिएको जस्तो आवाज आउँछ ।

mt everest13हेपको समस्या हुँदा तपाईंको शरीरले राम्रोसँग सास फेर्न सक्दैन । तपाईं लामो–लामो सास फेर्न थाल्नुहुन्छ । यस्तै एउटा समस्या हुन्छ हेस । यसलाई हाई अल्टिट्युड सेरेब्रल एडिमा भनिन्छ । यसमा अक्सिजनको कमीका कारण दिमाग सुन्निन थाल्छ । यसका कारण बेचैनी, बान्ता हुने, सोच्ने क्षमतामा कमी आउने वा निर्णय लिन समस्या हुन्छ ।

mt everest14सामान्य भाषामा हेसलाई हाइपोक्सिया भनिन्छ । पर्वतारोहीले देख्न छोड्छन् । उनीहरुले अनौठो व्यवहार गर्न थाल्छन् । कपडा च्यात्न थाल्छन् । हावामा कुराकानी गर्न थाल्छन् । कोहीलाई त लगातार खोकी पनि लाग्छ । यस्तोमा हरेक सेकेन्ड तपाईंको शरीरलाई धेरै नै अक्सिजनको आवश्यकता पर्छ जुन खतरनाक हुन्छ ।

mt._everest1हेप र हेस मिलेर भोक कम पारिदिन सक्छन् । स्नो ब्लाइन्डनेस हुनसक्छ । अर्थात्, टाढा–टाढासम्म तपाईंले बरफ मात्रै देख्नुहुनेछ । अस्थाई रुपमा देख्न पनि छाड्न सक्नुहुन्छ । आँखा भित्रका रगतका नली फुट्न सक्छन् । तापक्रम यति कम हुन्छ कि छाला तुरुन्त जम्न सक्छ । औँला काटिन सक्छ । यहीँबाटै मानिस खस्न थाल्छन् । मर्न सक्छन् ।

mt._everest3साधारणतया पर्वतारोही राती १० बजे सगरमाथा चढ्न सुरु गर्छन् । क्याम्प चार छोड्ने गर्छन् । यो २६ हजार फिटको उचाईमा हुन्छ । धेरैजसो हिस्साको आरोहण राती नै पूरा हुने गर्छ । सात घण्टापछि पर्वतारोही सगरमागाको चुचुरोमा हुन्छन् । थोरै बेर रोकिएर फोटो खिचेर फिर्ता आउन १२ घण्टा लाग्छ । यो काम अँध्यारो हुनुभन्दा अघि हुन्छ ।

 

एजेन्सीकाे सहयाेगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप