बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी व्यक्तिले ब्वाँसो बन्न खर्चिए ३० लाखभन्दा बढी

बुधबार, २० पुस २०७९, १५ : २८
बुधबार, २० पुस २०७९

टोकियो । मानिसको रहर असिमित हुन्छन् । ती असिमित रहरमध्ये केही निकै रोचक पनि हुन्छन् । यस्तै एक रोचक रहर भएका व्यक्तिले आफ्नो सपना साकार बनाउन ३० लाखभन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।

जापानका एक व्यक्तिले आफ्नो ब्वाँसो बन्ने सपना साकारा पार्नका लागि २३ हजार डलर (३० लाख रुपैयाँभन्दा बढी) रकम खर्च गरेका छन् ।

wolf-costume2विशेष प्रभाव र विशेष मोडलिङमा विशेषज्ञता हासिल गरेको जेपेट नामको एक जापानी कम्पनी अघिल्लो वर्ष चर्चामा आएको थियो । अडिटी सेन्ट्रलका अनुसार यो कम्पनीले आफ्ना एक ग्राहकका लागि कुकुरको विशेष सुट तयार गरेको थियो । ती ग्राहकको कुकुर झैँ जीवन बिताउने इच्छास्वरुप उक्त सुट तयार पारिएको थियो । हो, त्यहि कम्पनीले अर्को एउटा थप चुनौतीपूर्ण अर्डर आएको बताउँदै उक्त अर्डर यस्ता व्यक्तिबाट आएको हो जो निकै अघिदेखि ब्वाँसोको रुपमा बाँच्न चाहन्थे ।

‘म बाल्यकालदेखि नै जनावर प्रेमी थिएँ । टिभीमा केही वास्तविक देखिने जनावरको सुट देख्दा आफू पनि त्यस्तै हुन सोच्थेँ,’ नाम नखुलाइएका ग्राहकले जेपेटको वेबसाइटमा लेखे । ‘अन्तिम फिटिङमा मैले आफूलाई ऐनामा हेर्दा चकित खाएँ । यतिबेला मेरो सपना साकार भएको महसुस भयो ।

wolf-costumeब्वासोँ बन्नका लागि ती व्यक्तिले जे जति खर्च गरे त्यसमा उनी निकै सन्तुष्ट छन् जस्तो देखिन्छ ।

‘पछाडिको खुट्टामा हिँडिरहेको वास्तविक ब्वाँसोजस्तो देखिनुपर्ने मेरो अर्डर कम्पनीका लागि गाह्रो थियो तर यो पूरा सुट मैले कल्पना गरेजस्तो ठ्याक्कै थियो,’ ती व्यक्तिले जेपेटलाई भने । ‘यो पहिरन लगाउँदा भेन्टिलेसनका कारण व्यक्तिले आरामदायी अनुभवसमेत गर्न सक्छन् । ’

जापानी कम्पनीका अनुसार यो अचम्मको प्रोजेक्ट पूरा गर्न उनीहरुलाई ५० दिन लाग्यो ।

 

wolf-costume4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप